कांग्रेसमा महाधिवेशनमा अन्योल : वडा अधिवेशन स्थगितदेखि सदस्यता विवादमा रुमल्लिँदै
ratopati.com · Tue Aug 18 08:15:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि तोकिएको प्रारम्भिक कार्यतालिका प्रभावित हुन थालेपछि निर्धारित समयमै महाधिवेशन हुनेमा संशय पैदा भएको छ । भदौ २ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशन अन्तिम समयमा आएर स्थगित हुनु र क्रियाशील सदस्यताको टुङ्गो लाग्न नसक्नुले महाधिवेशनको भविष्यमाथि प्रश्न उठाएको छ।
पार्टी सभापति गगन थापाले भदौ १ गते नै केन्द्रीय कार्यसमिति बैठकमा देशभरका वडा अधिवेशनहरू रोकिएको घोषणा गरेका थिए । तर, नयाँ मिति कहिले हुने भन्ने विषयमा पार्टीले अझै कुनै ठोस निर्णय लिन सकेको छैन । प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रले नयाँ मिति तोकेको छैन । स्थानीय तहमा निर्वाचन अधिकृतहरूले प्राकृतिक विपत्ति र मौसमको अवस्था हेरेर अधिवेशनको मिति तय गर्ने प्रवक्ता चालिसेले रातोपाटीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)