देउवाको ‘हिन्दु कार्ड’ भारतीय राजनीतिमा राहुल गान्धीको ‘जनै प्रदर्शन’ जस्तै हो
nepalviews.com · Tue Aug 18 08:19:35 GMT 2026

नेपाली कांग्रेस असन्तुष्टपक्षको राष्ट्रिय भेलामा पूर्वप्रधानमन्त्री तथा समूहघोषित पार्टी सभापति शेरबहादुर देउवाले स्वर सकेसम्म चर्को पार्न खोज्दै भने– ‘म हिन्दु हुँ, म हिन्दु हुँ, म हिन्दु हुँ । मेरो ब्रतबन्ध, बिहे हिन्दु विधिअनुसार भएको हो । मलाई हिन्दु होइन भन्न पाइँदैन ।’
झट्ट सुन्दा अनौठो लाग्ने यो अभिव्यक्तिको पछाडि अवश्य राजनीतिक रहस्य छ । तर, तासको महलजस्तो कमजोर र टिठ लाग्दो । अनौठो यस अर्थमा कि एक हिन्दुले ‘म हिन्दु हुँ’ भनेर दाबी किन गरिरहनुपर्ने ? त्यो त स्वयंसिद्ध तथ्यजस्तै हो । आजसम्म सायद देशको इतिहासमा कसैले राजनीतिक मञ्चबाट यस्तो धार्मिक घोषणा गरेको थिएन/ छैन । देउवाले यसो भन्नुपर्ने स्थिति कहाँबाट किन आयो ? उनलाई कसले हिन्दु होइन भन्यो ? ‘देउवाजी हिन्दु होइनन्’ भनेर कसैको सार्वजनिक अभिव्यक्ति सुनिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)