अनलाइनबाट व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन निर्देशन, बेवास्ता गरे कारबाही हुने
arthasansar.com · Tue Aug 18 08:07:48 GMT 2026

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत भइरहेको व्यापारिक गतिविधिलाई नियमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कदम चालेको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका डिजिटल माध्यम र विभिन्न एप्समार्फत व्यापार गर्ने सम्पूर्ण ई-कमर्स व्यवसायीहरूलाई विभागमा अनिवार्य दर्ता तथा सूचीकृत हुन निर्देशन दिइएको छ।
विभागले एक सार्वजनिक सूचना जारी गर्दै विनादर्ता सञ्चालन भइरहेका यस्ता व्यवसायहरूमाथि निगरानी बढाएको र कानुनको बेवास्ता गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)