अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आयल निगमको आग्रह
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज बन्दै गएको स्पष्ट पार्दै उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिण्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले अबको केही दिनमै बजारको अवस्था पूर्ण रूपमा सामान्य हुने बताएको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायले काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिण्डरको माग हुने गरेकोमा अहिले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेको जानकारी दिएका छन्। निगमका अनुसार भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ वटा ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गरेका छन् भने भदौ १ गते उपत्यकामा ५२ हजार ५७६ थान सिलिण्डर बिक्री गरिएको थियो, जुन दैनिक औसतभन्दा करिब १५ हजारले बढी हो। निगमले पछिल्लो एक साताअर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख नौ हजार ५५३ वटा सिलिण्डर बिक्री भइरहेको जनाएको छ, जुन औसतमा दैनिक ४४ हजारभन्दा बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)