नागपञ्चमीकै दिन शाहरुख खानको घरमा सर्प पसेपछि…
kalakarmi.com · Tue Aug 18 07:52:10 GMT 2026

मुम्बई – भदौ १ गते सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूले नागपञ्चमी पर्व मनाउँदै नागदेवताको पूजा–आराधना गरेर नागपञ्चमी मनाइरहेका बेला बलिउड सुपरस्टार शाहरुख खानको मुम्बईस्थित निवास ‘मन्नत’ मा सर्प देखिएपछि केहीबेर हडकम्प मच्चिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति करिब ८ बजे मन्नतको परिसरमा दुईवटा सर्प देखिएपछि सर्प उद्धारकर्ता विक्की दुबेलाई खबर गरिएको थियो । उनले तत्काल वन विभागका अधिकारीहरूलाई जानकारी गराउँदै उद्धार टोलीसहित घटनास्थल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)