वाग्मती एमाले संसदीय दलमा विवाद समाधानका निम्ति दुई विकल्प
baahrakhari.com · Tue Aug 18 08:24:00 GMT 2026

हेटौँडा । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको नेताका विषयमा देखिएको विवाद समाधानका निम्ति दुई विकल्प अघि सारिएको छ । मंगलबार (भदौ २) दलको नेता चयनका निम्ति भन्दै बोलाइएको बैठकमा नेताहरूले विभिन्न विकल्पमा छलफल गरेका हुन् । संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध यसअघि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिका–११ स्थित होटेल स्मारकमा मंगलबार बिहानदेखि बसेको बैठकमा एमाले वाग्मती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, संसदीय दलका नेता थपलिया, मुख्यमन्त्री पदका दाबेदार किरण थापा, केशवप्रसाद पोखरेललगायत नेता सहभागी थिए । एमाले प्रदेशसभा सदस्यहरू पनि दुई समूहमा विभाजित भएर आ–आफ्नो रणनीति बनाइरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)