मकवानपुर जिप दुर्घटना: घाइते लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु
barnanmedia.com · Tue Aug 18 08:20:45 GMT 2026

मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएको जिप दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार उनको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।
लक्ष्मी उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन्। मंगलबार बिहान करिब ७ बजे काठमाडौं–वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भएर खोल्सामा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)