हत्यामा प्रत्यक्ष प्रमाण नभए के हुन्छ ? सर्वोच्चले भन्यो– परिस्थितिजन्य प्रमाणको शृङ्खला नै पर्याप्त
ratopati.com · Tue Aug 18 08:45:00 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा प्रत्यक्ष प्रमाणको अभाव भए पनि ‘परिस्थितिजन्य प्रमाण’हरूको शृङ्खलाबद्ध र मालाकार कडी जोडिएको खण्डमा अभियुक्तलाई कसुरदार ठहर्याउन सकिने महत्त्वपूर्ण कानुनी व्याख्या गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल, नित्यानन्द पाण्डेय र मेघराज पोखरेलको पूर्ण इजलासले आफ्नै श्रीमान्को हत्या अभियोगमा चान्छी घर्तीलाई जन्मकैद हुने गरी यसअघि भएको फैसलालाई सदर गर्दै यस्तो व्याख्या गरेको हो। रोल्पाकी चान्छी घर्तीले वैदेशिक रोजगारीबाट फर्किएका आफ्नै श्रीमान् वस्ती घर्तीको हत्या गरेको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको यो फैसलाले प्रमाण ऐन र फौजदारी न्यायका सिद्धान्तहरूलाई थप स्पष्ट पारेको छ। पूर्ण इजलासले गत वैशाख ३१ गते गरेको उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)