च्याटजीपीटीमा मात्र भर पर्दा घट्न सक्छ तपाईंको नम्बर ! विद्यार्थीले प्रयोग गर्नैपर्ने १० एआई टुल
techpana.com · Tue Aug 18 08:45:53 GMT 2026

काठमाडौं । तपाईं आफ्ना असाइनमेन्टहरू लेख्न, विभिन्न विषयहरू बुझ्न र समस्या समाधान गर्न केवल च्याटजीपीटीको मात्र सहयोग लिइरहनुभएको छ भने, वास्तवमा तपाईंले आफ्नो घण्टौं समय बर्बाद गरिरहनुभएको हुन सक्छ । च्याटजीपीटी हरेक कुरामा पोख्त छ भन्ने सोच्नु आफैंमा गलत बुझाई हो । आखिर, कसैले पनि निबन्ध लेख्न क्यालकुलेटर वा गणितको समीकरण हल गर्न ग्रामर चेक (Grammar Check) सफ्टवेयर प्रयोग गर्दैन । यदि हामीले आवश्यकता अनुसार फरक-फरक एआई टुलहरू प्रयोग गर्यौं भने आफ्नो उत्पादकत्व र समय व्यवस्थापनलाई सजिलै सुधार्न सक्छौं ।
हामी सबै सहमत छौं कि च्याटजीपीटी एउटा राम्रो साथी हो । तर आफैंलाई प्रश्न गर्नुहोस्- के तपाईं सामान किन्न, खाना अर्डर गर्न, ट्याक्सी बुक गर्न र टिकटक वा रिलहरू हेर्न एउटै एप प्रयोग गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्न । ई-कमर्सका लागि तपाईं दराज, खानाका लागि फुडमान्डु, यात्राका लागि पठाओ, इनड्राइभ अथवा याङ्गो र भिडिओका लागि युट्युब प्रयोग गर्नुहुन्छ । ठ्याक्कै त्यसै गरी, आफ्नो क्षेत्रको ज्ञान बढाउन फरक-फरक एआई टुलहरूको प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)