सिद्धार्थ क्यापिटलले दुई योजनाका इकाईधनीलाई लाभांश दिने
bishowkhabar.com · Tue Aug 18 08:47:27 GMT 2026

काठमाडौं– सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सिद्धार्थ म्युचुअल फण्डअन्तर्गतका दुई बन्दमुखी योजनाका इकाईधनीलाई आर्थिक वर्ष २०८०र८१ को प्रतिफल वितरण गर्ने भएको छ । क्यापिटलको भदौ १ गते बसेको सञ्चालक समितिको २०३औँ बैठकले लेखापरीक्षण कार्य सम्पन्न भएपछि दुई योजनाका इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीलाई ८ प्रतिशतका दरले कुल ९ करोड ६० लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ। उक्त प्रतिफलमा करसमेत समावेश छ । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीलाई १० प्रतिशतका दरले कुल ८ करोड ५ लाख ८० हजार रुपैयाँ प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ। यसमा पनि करसमेत समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)