प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानार्षण
ajakoartha.com · Tue Aug 18 08:50:00 GMT 2026

काठमाडौँ - प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण निर्माण, बहुउपयोगी जडिबुटी गाँजा प्रयोगसम्बन्धी कानुन निर्माण र विपद् व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीले गरिब र निमुखा नागरिकका सन्ततिले सहजै विद्यालय शिक्षा हासिल गर्न पाउने अवस्था सुनिश्चित गर्नेगरी शिक्षा ऐन बनाइनुपर्ने बताउनुभयो । “अब शिक्षकलाई सडकमा जान बाध्य पार्नुहुँदैन, शिक्षकलाई उचित सम्मान दिएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)