एभरेस्ट बैंकले पाल्पामा नयाँ विस्तारित काउन्टर सञ्चालनमा ल्यायो
bishowkhabar.com · Tue Aug 18 08:52:13 GMT 2026

काठमाडौं– एभरेस्ट बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा पाल्पाको तानसेनमा नयाँ विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार तानसेन नगरपालिका–७ स्थित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालको परिसरमा नयाँ विस्तारित काउन्टर सञ्चालनमा ल्याएको हो । नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका विस्तारित काउन्टरको संख्या पाँच पुगेको छ ।
बैंकले नयाँ काउन्टरमार्फत पाल्पावासीलाई आधुनिक, सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ। अस्पताल परिसरमै बैंकिङ सेवा उपलब्ध भएपछि अस्पतालमा आउने सेवाग्राही तथा स्थानीय बासिन्दालाई वित्तीय कारोबारमा थप सहजता हुने बैंकको विश्वास छ । एभरेस्ट बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)