संसद् बैठकमा रास्वपा र एमाले सांसदबीच चर्काचर्की: जुहारीपछि संसद्मा हंगामा
barnanmedia.com · Tue Aug 18 08:54:01 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका सङ्ग्रौला र नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीबीच चर्काचर्की भएको छ। मंगलबारको संसद् बैठकमा सरकारको वैधानिकता, कार्यशैली र प्रतिपक्षको भूमिकालाई लिएर दुई सांसदबीच वाकयुद्ध नै चलेको हो।
बैठकमा रास्वपा सांसद सङ्ग्रौलाले जनताले परिवर्तन र नयाँ नेतृत्वको पक्षमा मतदान गरी बहुमत दिएकाले सरकारको वैधानिकतामाथि प्रश्न उठाउनुको कुनै औचित्य नरहेको स्पष्ट पारिन्। विगत ३५ वर्षको बेथिति र भ्रष्टाचारलाई देशबाट उन्मूलन गर्न सरकारले उपचार सुरु गरेको बताउँदै उनले प्रतिपक्षी दलहरूको विरोध केवल नियतवश रहेको आरोप लगाइन्। प्रधानमन्त्रीले लगाउने कालो चस्मामाथिको टिप्पणीमा व्यङ्ग्य गर्दै उनले 'बिरालो कालो वा सेतोभन्दा पनि मुसा मार्न सक्ने हुनुपर्ने' तर्कसहित देश बन्नुपर्नेमा जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)