मक्का रक्षा सम्झौतालाई ट्रम्पको समर्थन र पश्चिम एसियाको सुरक्षा समीकरण
ratopati.com · Tue Aug 18 09:22:39 GMT 2026

इस्लामाबाद, पाकिस्तान । साउदी अरब, टर्की र पाकिस्तानले १० दिनअघि मक्कामा हस्ताक्षर गरेको पारस्परिक रक्षा सम्झौताले पश्चिम एसियाको बदलिँदो सुरक्षा समीकरणलाई नयाँ बहसको केन्द्रमा ल्याएको छ । अमेरिकाका निकट सहयोगी मानिने यी तीन मुलुकले आफ्नै सामूहिक सुरक्षा संयन्त्र निर्माण गर्ने प्रयासलाई केही विश्लेषकले वासिङ्टनप्रतिको अविश्वासको संकेतका रूपमा व्याख्या गरेका छन् ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो कदमप्रति असन्तुष्टि जनाएनन् । बरु आइतबार उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा साउदी अरब, टर्की र पाकिस्तानले ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गरेकोमा आफू निकै खुसी भएको बताएका छन् । ट्रम्पले लेखेका छन्, ‘यसले मध्यपूर्व एकताबद्ध हुँदै गएको र देशहरू अन्ततः आफूलाई अझ अर्थपूर्ण ढंगले रक्षा गर्न सक्षम हुने देखाउँछ ।’ पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले केही घण्टामै ट्रम्पलाई धन्यवाद दिँदै दक्षिण एसियामा ‘परमाणु विपत्ति’ टार्न उनको ‘साहसी र निर्णायक नेतृत्व’ को प्रशंसा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)