प्रधानमन्त्री बालेनसँग भारतीय सेना प्रमुखको भेट जारी
baahrakhari.com · Tue Aug 18 09:22:06 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भारतीय सेनाप्रमुख समेत रहेका स्थल सेनाध्यक्ष धीरज सेठले शिष्टाचार भेट गरिरहेका छन् ।
तीनदिने नेपाल भ्रमणमा रहेका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए । त्यसपछि उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहलाई भेटेका हुन् । भेटपछि तीनदिने औपचारिक भ्रमणका पुरा गरेर उनी आजै भारत फर्कनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)