नेपाललाई ईयूको कालो सूचीबाट हटाउन कुटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री
annapurnapost.com · Tue Aug 18 09:23:46 GMT 2026

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागिपरेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन कुटनीतिक पहल र प्राविधिक सुधारसँगसँगै अघि बढाइएको जानकारी दिए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै विशिष्टीकृत निकायमा विभाजन गर्न आवश्यक विधेयक तर्जुमा भइसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)