नेप्से लगातार दोस्रो दिन ओरालो, १९.३४ अंकले घट्दा २६२२ विन्दुमा पुग्यो
ajakoartha.com · Tue Aug 18 09:30:00 GMT 2026

काठमाडौं- सेयर बजार आज पनि ओरालो लागेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको छ।
यस दिन बजारमा कुल ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। कारोबार रकम उल्लेख्य रहे पनि अधिकांश कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोरेका छन्। नेप्सेका अनुसार मंगलबार २१७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ वटा कम्पनीका सेयरधनीले मात्र आम्दानी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)