आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति
kalakarmi.com · Tue Aug 18 09:42:21 GMT 2026

काठमाडौं- आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन् । मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
यी चारवटै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने गरी अनुमति मागेका छन् । कम्पनीहरूले साउन महिनामै आवेदन दिए पनि सेबोनले आफ्नो वेबसाइटमार्फत हालै मात्र यसको जानकारी सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)