बैंकको ओटीपी लिएर ठगी गर्ने चार जना पक्राउ
bishowkhabar.com · Tue Aug 18 09:43:24 GMT 2026

काठमाडौं– बैंकबाट फोन गरेको भन्दै ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिकाको वडा नं । १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)