तुलसीदास जयन्तीमा जनकपुरधाममा धार्मिक उत्सव
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
धनुषा। सन्तशिरोमणि गोस्वामी तुलसीदासको स्मरण गर्दै श्री रामानन्दीय श्री वैष्णव संघले जनकपुरधाममा धार्मिक तथा आध्यात्मिक गतिविधिसहित तुलसीदास जयन्ती महोत्सव आयोजना गर्ने भएको छ ।
संघले मंगलबार जनकपुरधाम–८ स्थित सन्त तुलसी स्मारक सदनमा पत्रकार सम्मेलन गरी भदौ ३ गते तुलसीदास जयन्ती विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको हो । महोत्सवलाई धार्मिक चेतना, रामभक्ति र सनातन संस्कारको प्रचार–प्रसारसँग जोडेर अघि बढाइएको संघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)