सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगे भारतीय सेनाध्यक्ष सेठ
ratopati.com · Tue Aug 18 09:51:06 GMT 2026

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन्। उनले मंगलबार कलेज पुगेर त्यहाँका विविध गतिविधिबारे जानकारी लिएका हुन्।
भ्रमणका क्रममा उनले कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रियासमेत गरेका छन्। मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण मानिने उक्त तालिममा १० विदेशी र ८२ नेपाली गरी जम्मा ९२ जना शिक्षार्थी अधिकृतहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)