४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
barnanmedia.com · Tue Aug 18 09:48:42 GMT 2026

विश्वका १० मध्ये चारवटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन ।
डब्लुएचओ र युनिसेफको प्रतिवेदनले पहिलोपटक स्वास्थ्य सेवा संस्थामा आधारभूत सरसफाइ सेवाको विश्वव्यापी अवस्था मापन गरेको हो । सन् २०२५ का लागि गरिएको अनुमानमा केवल ४० प्रतिशत स्वास्थ्य संस्थामा बिरामी तथा कर्मचारीका आवश्यकता पूरा गर्ने, पहुँचयोग्य र प्रयोग गर्न मिल्ने शौचालय रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)