सरकारका विभिन्न निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न समितिमा छलफल
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने विभिन्न निकायका पदाधिकारीहरूमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल भएको छ।
मंगलबार बसेको समितिको बैठकमा सरकारद्वारा विभिन्न संवैधानिक तथा अन्य निकायहरूमा हुने नियुक्तिमा समावेशिताको हालको अवस्था, त्यसमा देखिएका व्यावहारिक समस्याहरू र तिनका सुधारका उपायहरूबारे विस्तृत विचारविमर्श गरिएको हो। बैठकमा समितिकी सभापति जयन्तीदेवी राईले सरकारद्वारा नियुक्त हुने पदाधिकारीमा समावेशी प्रतिनिधित्वको अवस्थालाई ठोस तथ्यांकका आधारमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)