दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता
barnanmedia.com · Tue Aug 18 09:57:08 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल राईले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले विगतमा किसानको दूधको भुक्तानी अवधि आठ महिनाबाट घटाएर हाल तीन महिनामा झारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्ने जानकारी दिनुभयो ।
“भुक्तानी अवधिलाई अझै घटाएर भदौ अन्तिम साताभित्र २५ दिनमा पुर्याउने योजना रहेको छ । गत वैशाख २० गतेदेखी सोमबारसम्म किसानलाई रु ६० करोड बराबरको भुक्तानी किसानलाई गरेको छ,” मन्त्री चौधरीले भन्नुभयो । उहाँका अनुसार विगत दुई आर्थिक वर्षमा दुग्ध विकास संस्थान (डिडिसी)ले साविकभन्दा बढी दूध खरिद गर्नुपरेको थियो । बिक्री नभएको बढी दूधलाई प्रशोधन गरी धुलो दूध र नौनी उत्पादन गरिए पनि त्यसको मौज्दात बढ्दा बिक्री तथा आम्दानीमा समस्या आएको र त्यसबाट किसानको भुक्तानी प्रभावित भएको मन्त्री चौधरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)