प्रधानमन्त्री बालेनसँग भारतका सेनाध्यक्ष सेठको भेटवार्ता
annapurnapost.com · Tue Aug 18 10:18:00 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्। रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)