आफू फेरि पक्राउ पर्ने आशंकामा पत्रकार श्रेष्ठ उच्च अदालतमा
kendrabindu.com · Tue Aug 18 10:42:39 GMT 2026

काठमाडौं । पुनः पक्राउ पर्न सक्ने आशंका व्यक्त गर्दै पत्रकार किशोर श्रेष्ठले उच्च अदालत पाटनमा निषेधाज्ञाको मागसहित निवेदन दिएका छन्। श्रेष्ठ मंगलबार दिउँसो अदालत पुगेका हुन्। उपसभामुख रुवी ठाकुरले सोमबार ललितपुर प्रहरीमा दिएको जाहेरीका आधारमा आफूलाई प्रहरीले पक्राउ गर्न सक्ने भन्दै उनले अदालतको शरण लिएका हुन्।
श्रेष्ठले दायर गरेको निवेदनमा आफूविरुद्ध धरपकड नगर्न तथा आफूले प्रयोग गर्दै आएका सञ्चार उपकरणसमेत बरामद नगर्न आदेश जारी गर्न माग गरिएको छ। यसअघि श्रेष्ठलाई सर्वोच्च अदालतको परमादेशपछि सोमबार मात्रै रिहा गरिएको थियो। रिहा भएको एक दिनमै पुनः पक्राउको सम्भावना देखाउँदै उनले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)