एनपीसीआई इन्टरनेसनलमार्फत् नेपाल–भारत डिजिटल भुक्तानी थप सुदृढ
baahrakhari.com · Tue Aug 18 10:47:33 GMT 2026

काठमाडौं । नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले भारत र नेपालबीच सीमापार भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
नेपाल आउने भारतीय यात्रुहरूबीच क्यूआरमा आधारित यूपीआई भुक्तानीको प्रयोग बढ्दोलाई ध्यानमा राख्दै युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको रेमिट्यान्स सम्बन्ध छ । यो प्रणालीले दुई देशबीच ‘पर्सन–टू–पर्सन’ (पीटूपी) रियल–टाइम रकम स्थानान्तरण गर्न सहज बनाएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)