झण्डै तीन दशकदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको तयारी
canadanepal.com · Tue Aug 18 10:52:59 GMT 2026

काठमाडौं - विगत २७ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सीडीई श्रीकान्त यादवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगन्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, पुनः सञ्चालनका लागि तयार पारिएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)