केवाइसी अपडेट गर्ने भन्दै खातामा रकमान्तर गरेर ठगी गर्ने ४ जना पक्राउ
annapurnapost.com · Tue Aug 18 10:53:59 GMT 2026

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोले केवाइसी अपडेटका नाममा खातामा रकमान्तर गरेर ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापालाई पक्राउ गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)