९९औँ ओस्कार अवार्ड: ‘इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि नेपाली फिल्मको आवेदन खुला
kalakarmi.com · Tue Aug 18 10:52:38 GMT 2026

काठमाडौं– नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म अवार्ड’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने फिल्म छनोटको प्रक्रिया प्रारम्भ गरेको छ ।
अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा समितिले सूचना जारी गर्दै मापदण्ड पुगेका नेपाली फिल्महरूलाई यहि भदौ २२ गते ९सेप्टेम्बर ७, २०२६० भन्दा अगाडि नै आवेदन दिन आह्वान गरेको छ । ओस्कारको यस गरिमामय विधामा सहभागिता जनाउन इच्छुक फिल्म निर्माताहरूले काठमाडौंस्थित समितिको सचिवालयमा तोकिएको समय सीमाभित्र आफ्ना फिल्म दर्ता गराउनु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)