नेशनल मेडिकल कलेजमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा तालिम
swasthyakhabar.com · Tue Aug 18 11:27:00 GMT 2026

वीरगञ्ज - नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा जीटीए फाउन्डेसनको सहकार्यमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा सम्बन्धी विशेष तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (सीपीआर) तथा जीवनरक्षासम्बन्धी आवश्यक सीप अभिवृद्धि गरी अस्पताल पुग्नुअघि प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
उक्त तालिम जीटीए फाउन्डेसनद्वारा सञ्चालन भइरहेको “नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता” सम्बन्धी अध्ययनअन्तर्गत सम्पन्न गरिएको हो। अध्ययनको मुख्य उद्देश्य एम्बुलेन्स चालकहरूको आधारभूत जीवनरक्षा सम्बन्धी ज्ञान, दक्षता तथा व्यवहारिक सीप विकास गरी आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)