बैंकको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ठगी गर्ने गिरोह पक्राउ
techpana.com · Tue Aug 18 11:40:15 GMT 2026

काठमाडौं । बैंकको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा बहालवाला तथा सेवानिवृत्त सरकारी कर्मचारीहरूलाई ठगी गर्ने एक गिरोह चितवनबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा ठगी धन्दामा संलग्न चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बाराको देउताल गाउँपालिका ४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका वडा नं १६ का २२ वर्षीय जय कुमार केवट, सोही नगरपालिका १७ का २२ वर्षीय विद्या सागर केवट र पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३ का २७ वर्षीय कुवेर थापा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)