सरकारले नियुक्तिमा अपारदर्शिता र राजनीतिक भर्ती केन्द्र बनाएको छ : कांग्रेस
annapurnapost.com · Tue Aug 18 11:45:34 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। मंगलबार पार्टी कार्यालय सानेपामा गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको हो।
सर्वपक्षीय राजनीतिक संवाद र सहभागितामा संविधान संशोधनलाई अघि बढाउनुपर्ने भएपनि सरकार यसतर्फ गम्भीर नदेखिएको कांग्रेसको ठहर छ। बैठकले संसद तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति व्यक्त गर्दै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा तथा संसदीय संस्कार कायम राख्न आग्रह गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)