असन्तुष्ट नेताहरुसँग निरन्तर छलफलमा छु : सभापति थापा
annapurnapost.com · Tue Aug 18 11:52:35 GMT 2026

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरुसंग आफू निरन्तर छलफलमा रहेको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाका लागी तोकिएका निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सभापति थापाले औपचारिक रुपमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको बताए।
सदस्यता वितरण र निष्पक्षताबारे कसैको पनि असन्तुष्टि, प्रश्न वा आशंका भएमा नयाँ समिति बनाएर वा खुला छलफल गरेर समाधान खोज्न तयार रहेको उनको भनाई छ। उनले सम्पूर्ण निर्वाचन प्रक्रियामा सबैले निष्पक्षता महशुस गर्न पाउनुपर्ने बताए। कतै पनि पूर्वाग्रह वा अनियमितता नहुँने गरी काम हुनुपर्नेमा उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)