ग्यास तथा अत्यावश्यक वस्तुको आपूर्तिमा सरकार असफल भयो: कांग्रेस
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसले बजारमा खाना पकाउने ग्यास तथा अन्य अत्यावश्यक उपभोग्य वस्तुहरूको नियमित आपूर्ति गर्न वर्तमान सरकार पूर्ण रूपमा असफल भएको गम्भीर आरोप लगाएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले नेपाल आयल निगमको आयात, भण्डारण र वितरण व्यवस्थापनमा देखिएका कमजोरीहरू तत्काल सुधार गर्न सरकारसँग माग गरेका छन्। बजारमा दाल, चामल, खानेतेललगायत दैनिक उपभोग्य वस्तुहरूको अस्वाभाविक मूल्यवृद्धि भएको उल्लेख गर्दै कांग्रेसले कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन र स्पष्ट कार्ययोजना तत्काल लागू गर्न जोडदार माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)