इङवा हाइड्रोपावरको आइपीओ पौने ६ लाखले भरे, ५.१५ गुणा बढी सेयर माग
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : इङवा हाइड्रोपावरको आइपीओ ६५ करोड ३५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (वैशाख १४ गते) सम्म ५ लाख ८७ हजार २५४ जना आवेदकले ६५ लाख ३५ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.१५ गुणा बढी आवेदन हो ।
कम्पनीले बुधबार (वैशाख १४ गते) देखि सर्वसाधारणका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५% अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ मंसिर २२ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस ४ गतेसम्म बाहल रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)