कर्नाटकविरुद्ध नेपाल १८८ रनमै अलआउट
kendrabindu.com · Tue Aug 18 12:23:01 GMT 2026
काठमाडौं । एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई १८९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनायो ।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ४९, इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशन झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)