संसदमा प्रश्न उठाउने शैली कि संसदकै गरिमा घटाउने व्यवहार ?
kendrabindu.com · Tue Aug 18 12:26:14 GMT 2026

संसद जनताको आवाज बोल्ने सर्वोच्च राजनीतिक थलो हो। त्यहाँ उठाइने हरेक प्रश्न केवल सांसदको व्यक्तिगत जिज्ञासा हुँदैन, त्यो प्रश्नसँग कुनै नागरिकको पीडा, कुनै परिवारको आशा र राज्यप्रतिको जवाफदेहिताको माग जोडिएको हुन्छ। त्यसैले विदेशमा अलपत्र परेका नेपालीको उद्धार र मृतकको शव स्वदेश ल्याउने विषयमा सांसद आशिका तामाङले संसदमा आवाज उठाउनु आफैंमा सकारात्मक विषय हो।
तर संसदमा विषय उठाउनु जति महत्वपूर्ण छ, त्यो विषय उठाउने शैली र संसदीय मर्यादा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सांसद तामाङको पछिल्लो प्रस्तुतीले यही प्रश्न जन्माएको छ—जनताको पक्षमा आवाज बुलन्द गर्दा सांसदले संसदीय अनुशासनको सीमा कहाँसम्म कायम राख्नुपर्छ?
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)