बागमतीमा सरकार गठनका लागि अन्य दलसँग वार्ता गर्न एमालेले बनायो समिति
onlinekhabar.com · Tue Aug 18 10:38:39 GMT 2026

२ भदौ, काठमाडौं । नेकपासँग सत्तागठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। यसका लागि एमालेले मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सारेको छ। प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय आजको संसदीय दलको बैठकले गरिसकेको छ।
मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा एमालेले अन्य दलसँग वार्ताका लागि समिति बनाएको छ। थापाको संयोजकत्वमा भरत थापा, केशव पोखरेल, भारती पाठक र डा दिनेशचन्द्र देवकोटा रहने गरी समिति बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)