साउनमा एफडीआई प्रतिबद्धतामा उच्च गिरावट, पौने ४ अर्बमा सीमित
onlinekhabar.com · Tue Aug 18 12:24:28 GMT 2026

२ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा ३ अर्ब ७७ करोड रुपैयाँमात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार साउन २०८३ मा कुल १ सय ९१ उद्योग–आयोजनामा उक्त लगानी प्रतिबद्धता आएको हो । गत आव २०८२/८३ पहिलो महिना २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो । त्यसको तुलनामा चालु आवमा लगानी प्रतिबद्धता ह्वात्तै घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)