तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन निकालियो नर्भिक अस्पतालमा
swasthyakhabar.com · Tue Aug 18 12:25:00 GMT 2026

काठमाडौं – नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ ।
नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सक टोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस (पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)