विश्वविजेता रोड्री बार्सिलोना जाने निश्चित, पारिश्रमिक कति ?
kendrabindu.com · Tue Aug 18 12:35:33 GMT 2026
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई अनुबन्ध गरेको छ । विश्वकप विजेता कप्तान रोड्रीलाई भित्र्याउन बार्सिलोनाले सिटीलाई ६० मिलियन युरो तथा थप १६ मिलियन युरोसम्म बोनस तिर्ने सहमति गरेको हो ।
सम्झौताका औपचारिक प्रक्रिया पूरा गर्न रोड्री अहिले बार्सिलोनामै छन् । उनले क्याटालान क्लबमा चार वर्षको सम्झौता गर्नेछन् । सिटीसँगको सम्झौता एक वर्षभन्दा कम समय मात्र बाँकी रहेका बेला रोड्रीले क्लब परिवर्तन गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)