९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
nepalnews.com · Tue Aug 18 12:41:54 GMT 2026

काठमाडौँ। ‘नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६’ ले ९९औँ एकेडेमी अवाड्र्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्रको छनोट प्रक्रिया सुरु गरेको छ।
समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी सूचनाअनुसार मापदण्ड पुगेका नेपाली चलचित्रले यही भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) भित्र आवेदन दिनुपर्नेछ। ओस्कारमा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताले काठमाडौँस्थित समितिको सचिवालयमा तोकिएको समयसीमाभित्र आफ्ना चलचित्र दर्ता गराउन आह्वान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)