मुक्तिनाथ विकास बैंकका ग्राहकलाई 'बरपिपल रिसोर्ट पोखरा' मा विशेष छुट
annapurnapost.com · Tue Aug 18 12:59:10 GMT 2026

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पोखरामा अवस्थित बरपिपल रिसोर्ट पोखरासँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।
उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले 'बरपिपल रिसोर्ट पोखरा'मा खाना, बस्न तथा एसपिए सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित नास्ता र खाना निःशुल्क उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)