सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत
onlinekhabar.com · Tue Aug 18 12:56:57 GMT 2026

२ भदौ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेता रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)