‘वाह बालेन’ भन्नेहरू अहिले ‘छ्या बालेन’ भन्न थाले : सचिव बस्नेत
ratopati.com · Tue Aug 18 13:14:13 GMT 2026

मकवानपुर। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहको लोकप्रियतामा ह्रास आएको टिप्पणी गरेका छन् । हिजो सामाजिक सञ्जालमा ‘वाह बालेन’ भन्नेहरू नै अहिले ‘छ्या बालेन’ भन्न थालेको उनले बताए।
हेटौँडामा पत्रकारहरूसँगको कुराकानीमा सचिव बस्नेतले बर्खाको समयमा सुकुमबासीहरूलाई हटाउनु र उनीहरूका घर भत्काउनु अमानवीय भएको बताए । हिजो चुनावका बेला सुकुमबासी, गरिब र किसानका भोट लिएर अहिले उनीहरूलाई नै बिचल्लीमा पारेको उनको भनाई छ । विकास निर्माणका कामहरू ठप्प भएको र महँगी ३५ देखि ४० प्रतिशतसम्म बढेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)