सत्तारुढ सांसद पारसमणिको आक्रोश : काम गर्न नसक्ने मन्त्रीहरूले मार्ग प्रशस्त गर !
khabarhub.com · Tue Aug 18 13:15:09 GMT 2026

काठमाडौं- पारसमणि गोलाल संसदीय निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । सत्तापक्षकै सांसद भएपनि उनी प्रतिनिधि सभामा सरकारलाई निरन्तर घचघच्याइरहने जनप्रतिनिधि मानिन्छन् । प्रतिनिधिसभाको बैठकमा उनले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल सामान्य बिरामी हुँदा हेलिकप्टर चढेर उपचारका लागि काठमाडौँ आएको विषयमा कडा प्रश्न सोधे ।
उनले सरकारका नराम्रा काममा लम्पसार परेर साथ नदिने उल्लेख गरे । सरकार स्टन्टबाज शैलीमा लाग्नु नहुने उनको भनाइ छ । उनी सदनमा प्रश्न उठाएको भरमा सरकारको विरोध गर्यो भनेर बुझ्नु गलत भएको टिप्पणी गर्छन् । उनी भन्छन्, ‘भ्रमणको बाहानामा १८–२० लाख खर्च गर्नु हुँदैन। एउटा गाउँमा सर्पको उपचार नपाएर मान्छे छटपटाएर मरेको छ। तर मन्त्रीहरु हेलिकप्टरमा अनुगमनका नाममा, अनेकथरी नाममा कुदिरहनु भएको छ । जनता तड्पेर मरिराखेको अवस्थामा सरकारमा रहेका व्यक्तिहरू मोजमस्तीमा लाग्नु हुँदैन भन्ने हाम्रो कुरा हो । सरकारका केही कामहरू गरिबमुखी भएनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)