सानेपामा पार्टी एकताको एजेन्डा गायब
nepalnews.com · Tue Aug 18 13:15:28 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसमा सभापति गगन थापा समूह र निवर्तमान सभापति शेरबहादुर देउवा समूहबीच समानान्तर गतिविधि तीव्र भइरहेका बेला पार्टीको केन्द्रीय समिति बैठक भने आन्तरिक विवाद र एकताको विषयमा एजेन्डामै प्रवेश नै नगरी सकिएको छ। २३ साउनदेखि १ भदौसम्म पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पन्ध्रौँ महाधिवेशनको तयारीदेखि विभिन्न समिति गठनसम्मका १६ बुँदे निर्णय गर्यो।
समसामयिक तथा नीतिगत प्रस्ताव, संसदीय मर्यादा, सुशासन र शासकीय जवाफदेहिता, सुकुम्बासी समस्या, ग्यास अभावलगायत विषयमा छलफल भए पनि पार्टीभित्र चुलिएको विवाद र एकताको प्रश्न भने बैठकको औपचारिक एजेन्डामा परेन। त्यसैबीच निवर्तमान सभापति देउवा स्वदेश फर्किएर २९ देखि ३१ साउनसम्म सुकेधारामा आयोजित आफ्नो पक्षको राष्ट्रिय सम्मेलनमा सहभागी भए। सम्मेलनले सबै धर्मलाई सम्मान गर्दै धार्मिक स्वतन्त्रताको पक्षमा अघि बढ्ने प्रस्ताव पारित गरेको थियो। देउवाले आफू हिन्दु भए पनि सबै धर्मलाई समान सम्मान गर्ने धारणा सार्वजनिक गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)