रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ
ratopati.com · Tue Aug 18 13:25:58 GMT 2026

काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जीव थापा सहित ५ जनालाई पक्राउ गरेको छ। थापालाई काठमाडाैँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए।
पक्राउ पर्नेमा रेडक्रस सोसाइटीमा आबद्ध थप ४ जना पूर्वपदाधिकारी छन्। भक्तपुरमा संस्थाको जग्गा खरिद गर्दा रकम हिनामिना गरेर ठगी गरेको र संस्थालाई हानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। आरोपीहरुमाथि अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)