सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’बीच औपचारिक वार्ता सुरु
nepalnews.com · Tue Aug 18 14:22:13 GMT 2026

काठमाडौँ । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ । महाअभियानले उठाएका मागको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो ।
सरकारले महाअभियानसँग वार्ता गर्न भाद्र १ गते सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)